Logo

थपलिया दम्पत्तिविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं, २३ मंसिर । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धब प्रसाद थपलियाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा थपलियालाई अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अनुसन्धान गर्दा थपलियाले विभिन्न कार्यालयमा पदमा रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी १ करोड ६४ लाख ८९ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

उनकी श्रीमती मुना पन्त थपलियाको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुमा रकम मौज्यात लगायतका गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नसकेको जनाउँदै अख्तिायारले लागत मुल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो माग दावी गरेको जनाएको छ ।

श्रीमान श्रीमती दुवैजनालाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot