Logo

महामन्त्रीको दौडमा बालकृष्ण खाँड अगाडि



काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वमा बढेका छन् । सभापतिका लागि तिव्र प्रतिष्पर्धा हुने भएकाले देउवाले टिम निर्माणमा निकै ध्यान दिइरहेका छन् ।

देउवाले आफू पक्षधर को कति शक्तिशाली छ र कस्को कति प्रभाव छ भन्ने केलाइरहेको बुझिएको छ । देउवापछि उनको टिममा सबैभन्दा बढी महाधिवेशन प्रतिनिधि समर्थक रहेकामा केन्द्रीय सदस्य बालकृष्ण खाँड देखिएका छन् । उनको व्यक्तिगत पकड पनि देखिएको छ ।

खाँडका समर्थकहरु सबैभन्दा बढी लुम्बिनीमा छन् । रुपन्देहीमा उनको बलियो पकड छ । त्यसबाहेक कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरुमा पनि खाँडका समर्थकहरु महाधिवेशन प्रतिनिधि बनेर आएका छन् । काठमाडौं उपत्यकामा पनि उनका समर्थकहरुको उल्लेख्य संख्या छ ।

नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका खाँडको नयाँ पुस्तामा बलियो पकड छ । उनी तरुणहरुमाझ लोकप्रीय छन् । खाँडको यही विशेषताका कारण देउवाले महामन्त्रीको उम्मेदवारका रुपमा बढाउन खोजेका छन् । विश्वस्त स्रोतका अनुसार देउवाले खाँडलाई आफ्नो मुख्य सारथी बनाउने भएका छन् ।

महामन्त्रीमा खाँडलाई बढाएमा देउवाको समेत मत बढ्न सक्ने आँकलन भएको बुझिएको छ । नयाँ पुस्ताको मतलाई खाँडले तान्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्