काठमाडौं, मंसिर २४। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्ने भएका छन् । नयाँ दल घोषणा गर्न आज दिउँसो साढे ३ बजे अनामनगरमा उनले सार्वजनिक कार्यक्रम राखेका छन् । भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले सार्वजनिक गर्ने दलको नाम नेपाल सुशासन पार्टी नामक रहेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि उनले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएर राजनीतिमा लागेका खरेल भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका छन् । उनले
नेपाललाई समृद्धिको मार्गतिर स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताउँदै आएका छन् ।