Logo

कांग्रेस नेतृ गंगालक्ष्मी अवालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसकी नेतृ गंगा लक्ष्मी अवालले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेतृ अवालले आदिवासी/जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिन् ।

अवालले महिला संघको सदस्य, नेपाली कांग्रेसको केन्द्रीय संगठन विभाग पदाधिकारीसमेत भई पार्टीमा लामो समयदेखि महत्वपुर्ण जिम्मेवारी सम्हाल्दै आएकोले अब भने १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहेको बताईन् ।

नेतृ अवालले लोकतन्त्रमा जनजाति महिला तथा सम्पुर्ण महिलाको हकहित सुरक्षित गर्न आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको बताइन् । उनले जताततै ब्यापक असन्तुष्टि, वितृष्णा, निराशा, इष्र्या ब्याप्त रहेको समाजलाई बदल्नुपर्ने पनि धारणा राखिन् ।

उनले भनिन्,‘समाजमा ब्याप्त रहेका समस्याहरु स्वभाविक रुपले यसको असर कांग्रेसमा पनि परेको छ, पार्टीको क्रियासिलता, प्रतिवद्धता, निरन्तरता भएको धेरै लामो समय भएको भएपनि पार्टीभित्र निश्पक्षता, पारदर्शिता र मुल्यांकनको अभावमा एउटा स्वतन्त्र, सक्षम निश्पक्ष निर्भिक कार्यकताको जन्म हुन गाह्रो पर्छ ।’

कांग्रेस लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने भएकोेले विधिको शासन कार्यान्वयनद्धारा आत्मसात् र अनुभुति गराउनुपर्ने उनको भनाई थियो । पार्टीलाई थप बलियो बनाउन हातमा हात र काँधमा काँध मिलाएर सबैजना अघि बढ्नुपर्नेमा उनको जोड थियो । त्यतिमात्रै नभएर नीति निर्माणको तहमा योग्य र सक्षम महिलासँग सँगै बसेर नेतृत्वले सहकार्य गर्नेमा आफु विश्वस्त रहेको पनि उनले सुनाइन् ।

नेपाली कांग्रेस बहुदलीय प्रणालीको पक्षपोषक र संसदीय प्रणालीका हिमायती भएको भन्दै कांग्रेसले अपनाएको प्रणालीमा पक्ष र प्रतिपक्ष हुने उनको भनाई थियो । २०४८ सालदेखि भक्तपुर क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेकी अवालले ‘सबै नेपालीलाई कांग्रेस होइन्, वास्तवमा कांग्रेसलाई चाहीँ हामी सबैको बनाउनुपर्छ’ भन्ने आफ्नो दायित्व र धर्म भएको पनि सुनाईन् ।

कांग्रेसको जात कांग्रेस नै भएको भन्दै उनले कांग्रेसले समाज बदल्नुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘हाम्रो चेतनालाई चैतन्यमा बदल्नुछ, कांग्रेसमा भएको कतिपय नजिर, परिपाटी, परम्परालाईसमेत हटाउनु आजको हाम्रो चुनौती हो ।’ प्रजातन्त्र, लोकतन्त्रको नारा लगाएर धेरैपटक राजनीतिक दलहरुले जनतालाई प्रयोगशालामा लगेको पनि उनले आरोप लगाइन् ।

पार्टीका विभिन्न तह र तप्कामा रही काम गरेपछि महाधिवेशन महासमितीमा निर्वाचित भएको स्मरण गराउँदै आजबाट सुरु हुने पार्टीको १४औं महाधिवेशनमार्फत आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन पनि सम्पुर्ण प्रतिनिधिहरुसँग सहयोगको अपिल गरिन् । महिला संघको भक्तपुरको जिल्ला उपाध्यक्ष भएकी अवालसँग कांग्रेसको १२औं महाधिवेशनमा नगर कोषाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेको अनुभव छ ।

कार्यक्रमम कालिकोटबाट मधिवेशन प्रतिनिधि भएर आएकी भावना शाहीले विधिको शासन नै कांग्रेसको मान्यता भएको उल्लेख गरिन् । यो मूल्य र मान्यता प्राप्त गर्नको लागि कांग्रेसले लामो समय लडेको पनि उनले स्मरण गराईन् । उने क्लबकमार्फत प्रधानमन्त्री तथा पार्टी सभापति शेबरहादुर देउवालाई पार्टीलाई एक ढिक्का बनाउन र आगामी दिनमा अझ सशक्त बनाउनको लागि सन्देशपनि वाचन गरेर सुनाएकी थिईन् ।

 



प्रतिक्रिया दिनुहोस्