Logo

रुसले युक्रेनमाथि अनावश्यक प्रतिबन्ध लगाएको भन्दै पुटिनलाई बाइडेनले थर्काए



एजेन्सी, २४ मङ्सिर। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई थर्काएको बताएका छन्। रुसले युक्रेनमाथि अनावश्यक प्रतिबन्ध लगाएको भन्दै आफूले पुटिनलाई थर्काएको बाइडेनले बताएका हुन्।

रुसले युक्रेनमाथि आक्रमाण गरेमा अमेरिकाले नसहने भन्दै चेतावनी दिएको समेत बाइडेनले स्पष्ट पारेका छन्। बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘यदि पुटिनको सरकारले युक्रेनमाथि हमला गरेमा परिणाम भयानक हुनेछ। यसबारे मैले पुटिनलाई स्पष्ट भनिसकेको छु।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्