Logo

सिरियाले अरब इनर्जी सम्मेलन गर्ने



२४ मङ्सिर : सिरियाले अरब इनर्जी सम्मेलन गर्ने भएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार सिरियाले सन् २०२४ मा सो सम्मेलन गर्ने भएको हो । उक्त कुरा सिरियाको सरकारी समाचार समिति सानाले जनाएको छ । अरबको पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातक संस्था ओपेकले स्वीकृत गरेका अरबका सदस्य राष्ट्रहरुको सहभागितामा सिरियाले सो सम्मेलन गर्ने भएको हो ।

सिरियामा तेलमन्त्री बसाम रदवानले सो विषयमा जानकारी दिएका हुन् । उनले सिरियाले सन् २०२४ मा राजधानी दमासकसमा सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको जानकारी बिहीबार दिए ।मध्यपूर्वी यस राष्ट्रको सम्बन्ध अरब देशहरुसँग त्यति राम्रो नरहेको यस अवस्थामा सिरियाले अरब देशहरुकै सहभागितामा सो सम्मेलन गर्ने भएको हो ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्