Logo

५० करोडको लागतमा निर्माण भएको सुविधासम्पन्न होटल सञ्चालनमा



गोरखा, २४, मङ्सिर; गोरखामा करिब रु ५० करोडको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ ।

सदरमुकामस्थित गोरखा नगरपालिका–६, अर्घलेमा सुविधा सम्पन्न होटल गोरखा गार्डेन सञ्चालनमा ल्याइएको हो । तीनतारे स्तरको सुविधा भएको उक्त होटलमा गोरखा र चितवनका व्यवसायीको संयुक्त लगानी रहेको होटल सञ्चालक समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए ।

कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको होटल गोरखा गार्डेन जिल्लाकै पहिलो सुविधासम्पन्न र स्तरीय होटल हो । होटलमा गोष्ठी तथा कार्यक्रमहरु आयोजना गर्नका लागि सुविधासम्पन्न चारवटा हलसमेत निर्माण गरिएको उनले बताए । “होटलभित्र निर्माण गरिएका सेमिनार हलको नाम गोरखकाली हल, मनकामना हल, लिगलिग हल र गोरखानाथ हल नाम दिइएको छ”, अध्यक्ष पौडेलले भने, “जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागिसमेत टेवा पु¥याउने उद्देश्यले हलको नामसमेत पर्यटकीयस्थलका नामबाट नामकरण गरिएको हो ।”

त्यस्तै, होटलमा सुविधासम्म ४६ स्तरीय कोठाहरु निर्माण गरिएको अध्यक्ष पौडेलले बताए । “हामीले ग्राहकको सुविधालाई ध्यानमा राखेर दुईवटा स्विट रुम, १० वटा सुपर डिलक्स, ३४ वटा डिलक्स रुम सञ्चालनमा ल्याएका छौँ,” उनले भने, “ग्राहककै सुविधाका लागि होटलको छैटौँ तलामा बच्चा र वयस्कका लागि सुविधासम्पन्न पौडी पोखरीसमेत निर्माण गरिएको छ ।”

होटलमा बस्न आउनेहरुले स्वादिष्ट तथा स्थानीय उत्पादन भएका अग्र्यानिक तथा उच्च गुणस्तर एवं स्वस्थ्यकर खाना खान पाउने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलको भनाइ छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको सञ्चालक समितिका सदस्य केशव देवकोटाले जानकारी दिए । अहिले आंशिक रुपमा सञ्चालनमा आएको र यही पुस महिनाभित्रमा होटल पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

होटलमा एकै पटकमा ६०० जनासम्म अटाउने क्षमताको हल पनि रहेको उनको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्