Logo

ओली, प्रचण्ड र माधव नेपाल धेरैपछि एउटै मञ्चमा (LIVE-VIDEO)



काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीपनि पुगेका छन् ।

यसअघि नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । नेकपाबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि र नेकपा (एमाले) विभाजन भएपछि ओली, प्रचण्ड र माधव नेपालले एउटै मञ्च सेयर गरेका थिएनन् । तर, आज कांग्रेसको महाधिवेशनमा उनीहरुले एउटै मञ्च सेयर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्