Logo

राजेन्द्र लिङ्देनले भनेः नेता गाउँ गए कुन चोर आएछ भन्छन्



काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुप्रति जनता आक्रोशित भएकोले जिम्मेवार बन्नुपर्ने बताएका छन् । आज नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा बोल्दै उनले नेताहरुले जनताबाट विश्वास गुमाएको अवस्था भएको सुनाए ।

‘नेताहरु गाउँको कार्यक्रममा पुग्दा जनताले कुन नेता आएछ होइन कुन चोर आएछ भन्न थालेका छन्,’ लिङ्देनले भने,‘नेताहरुले विश्वास गुमाएको अवस्था छ ।’

२०४७ सालपछि कुनैपनि सरकार पूर्ण कार्यकाल नचलेको र कुनैपनि पार्टी फुटबाट नजोगिएको तथ्य उल्लेख गर्दै नेताहरु चुकेको तर्क गरे ।

लिङ्देनले देशमा राजसंस्था अपरिहार्य भएको बताए । उनले भने,‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सिधै निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री बन्न नपाउने प्रणाली बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्