Logo

महन्थ ठाकुरले उठाए बार-बेन्चको विवादको विषय (भिडिओसहित)



काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो तर्फबाट नेपाली कांग्रेसप्रति सदैव सद्भाव रहेको बताएका छन् ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । उनले जनमन्थन गरेर कांग्रेस शक्तिशाली भएर आएको सुनाए ।

उनले भने,‘तपाईँहरुबाट हामी सबैलाई खासगरी यो देशलाई ठूलो आशा र उमिद छ। पार्टी प्रणालीमा, पार्टीले सरकार बनाउँछ। संसारमा कुनैपनि चिज स्थायी हुँदैन् । सरकार स्थिरता नहुँदा सबै अंग प्रभावित हुन्छ । अहिले संसद् प्रभावित छ। अदालतको पनि त्यही अवस्था छ । बेन्च र बारमा विवाद छ। जनताले पाउनुपर्ने सेवा अवरुद्ध छ ।’

उनले आफूहरुले संविधानको मस्यौदा सार्वजनिक गर्नेबित्तिकै संविधानप्रति असन्तुष्टि राखेको र अहिले वर्तमान संविधानमा असन्तुष्टि रहँदै आएको छ सुनाए । र, यसलाई सबैले अपनत्व लिनसक्ने बनाउनुपर्नेमा ठाकुरको जोड थियो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्