काठमाडौं, २४ मंसिर । दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप भोली (शनिबार) देखि बंगलादेशमा सुरु हुदैछ ।
जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा भोली बंगलादेशविरुद्ध खेल्दैछ ।
नेपालले भोली हुने खेलको लागी ढाकाँमा तयारी गरिरहेको छ ।
भोलीको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने आशाका साथ खेलाडीहरु तयारीमा जुटेका छन् ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । तस्विरः एन्फा