Logo

पूर्वराजाले नयाँ पार्टी खोले हुन्छः माधव नेपाल



काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ दल खोल्न चुनौती दिएका छन् । आज नेपाली काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य दिदै राजतन्त्र फर्काउने दुस्साहस नगर्न चेतावनी समेत दिए ।

‘राजाले नयाँ दल खोले हुन्छ, व्यापार गरेर बसे हुन्छ,’ नेपालले भने । उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै त्यस्तो दुष्साहस नगर्न भने ।

देशमा राम्रो संकेत नदेखिइरहेको नेपालको भनाई थियो । उनले भने,‘देशमा कालो बादल मडारिइरहेको छ । सावधान भन्न चाहन्छु ।’

ओलीतर्फ संकेत गर्दै माधव नेपालले अरुको मर्यादा नगर्ने मैमत्त हुने प्रवृत्तिको संज्ञा दिए । उनले देशमा प्रतिगामी तत्वहरु फेरि शिर उठाउन खोजिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot