Logo

मधेशलगायतका आन्दोलनलाई सम्बोधन गर्दै संविधानलाई परिमार्जन गर्नुपर्छ : उपेन्द्र यादव



काठमाडौँ, २४ मङ्सिर। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नागरिकता समस्या समाधान गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता यादवले संविधान परिमार्जन गर्नुपर्ने बताए। उनले भने, ‘मधेशलगायतका आन्दोलनलाई सम्बोधन गर्दै संविधानलाई परिमार्जन गर्नुपर्छ । नागरिकता समस्या समाधान गर्नुपर्छ । विगतमा भएका प्रतिवद्धता पूरा गर्न ढिलो गर्नुहुँदैन।’

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न महाधिवेशन सफल होस्। नेपाली जनतामा व्याप्त रहेको अशिक्षा, बेरोजगारीलाई अन्त्य गर्न भूमिका खेलोस्,उनले भने।’ सबै खाले शोषण,विभेद, असमानतालाई अन्त्य गर्दै लोकतन्त्रलाई समावेशी बनाउन महाधिवेशनले भूमिका खेलोस् भन्दै शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्