Logo

लिङ्देनलाई जवाफ दिँदै प्रचण्डले भने- दलहरूलाई बदनामी गराउन खोजेर निरकुंशता निम्त्याउन खोजिन्छ



काठमाडौं, २४ मंसिर : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।

‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन)ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’ आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएका उनले सरकार र दल भ्रष्टाचार नियन्त्रण गरेर जनताको चाहना र प्रतिबद्धता पूरा गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने बताए ।

सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए ।  शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्