काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाछोको संज्ञा दिएका छन् । उनले लिङ्देनले नेतालाई जनताले चोर भन्न थालेको भन्दै गरेको टिप्पणीप्रति आक्रोश पोखेका छन् ।
‘भर्खर भर्खरको बाछो हिंडन जान्दैन । नेता चोर हुनु भन्ने ?’ ओलीले लिङ्देनको नाम नलिई व्यङ्ग्य गरे । उनले लिङ्देन नयाँ नयाँ अध्यक्ष भएकाले राप र ताप भएको टिप्पणी गरे ।
ओलीले नेपाली काँग्रेस र नेकपा एमाले देशको मुख्य शक्ति भएको उल्लेख गर्दै देशमा हुने हरेक परिवर्तन र योगदानमा यीनै दुई दलको भूमिका हुने बताए ।