Logo

मलाई मञ्चको कमी छैन, कसैको कुरामा वादप्रतिवाद गर्दिनँ : ओली



काठमाडौँ, २४ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने स्पष्ट पारेका छन् । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

१४ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन।’



प्रतिक्रिया दिनुहोस्