काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले १४औं महाधिवेशनमा बोल्दा सबै भावविह्वल भए । उनले अन्तमा आफू कुनैपनि पदमा उम्मेदवारी नदिने घोषणा गरिन् ।
‘म त्याग गर्न चाहन्छु, कुनै पदमा उम्मेदवारी नदिने घोषणा गर्छु,’ आँखाबाट आँसु झार्दै सीतादेवी यादवले भनिन्,‘यो गणेशमान सिंहले त्याग गरेको पार्टी हो । त्यसैले त्याग गर्न पछि हट्दिनँ ।’
यादवले कसैलाई काखा र पाखा नगरी सबैलाई समेटेर एकतावद्ध भएर लाने गरी महाधिवेशन गर्नुपर्नेमा जोड दिइन् । उनले आफू कोषाध्यक्ष भएर पार्टीको आर्थिक कोषलाई मितव्ययी बनाउन खोजेको सुनाइन् ।
उनले भनिन्,‘तपाईंहरुबाट प्राप्त रकमको बैंक मौज्दात मुद्दती खातामा १० करोड छ । चल्ती खातामा पनि ३ करोड जति छ ।’
Photo By: Mukunda Kalikote/ReportersNepal