Logo

सिटौलाले प्रदीप पौडेललाई अगाडि सारेको घोषणा गरे



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूले प्रदीप पौडेललाई अगाडि सारेको घोषणा गरेका छन् । काँग्रेसको १४औं महाधिवेशनमा बोल्दै सिटौलाले आफूसँग रहिरहेका पौडेलाई नै अगाडि सारेको बताएका हुन् ।

‘जो युवा साथी मेरो साथमा छन् उसैलाई अगाडि सार्दैछु,’ सिटौलाले भने,‘म प्रदीप पौडेललाई अगाडि सार्दैछु ।’ आफूले भोलि उम्मेदवारी दर्ताका क्रममा थप कुरा स्पष्ट पार्ने बताए ।

देशभर युवाहरु अगाडि बढेर आएकोमा सिटौलाले खुशी व्यक्त गरे । उनले अब पार्टी युवाहरुले हाँक्नुपर्ने पक्षमा आफू रहेको बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot