Logo

गाउँ देखि जिल्लासम्म निर्वाचनको तयारीमा लाग्नुपर्छः काँग्रेस सहमहामन्त्री थापा



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले अब गाउँ देखि जिल्लामा सक्रिय भई निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । आज पार्टीको १४औं महाधिवेशनमा बोल्दै सबै एकजुट र सक्रिय भई निर्वाचनमा विजय हासिल गर्नु मूल्य लक्ष्य र उद्देश्य रहेको बताए ।

‘काठमाडौंबाट फर्किए लगत्तै आफ्नो वडा, गाउँ, क्षेत्र र जिल्लामा हामी अत्यन्तै सक्रिय भई निर्वाचनको तयारीमा लाग्नुपर्ने देखिन्छ,’ थापाले भने,‘सबै तहका निर्वाचनहरुमा विजय हासिल गर्नु नै हाम्रो मूल लक्ष्य र उद्देश्य हो ।’ उनले चुनावी अभियानमा दृढ र प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

काँग्रेसप्रति जनताको विश्वास रहेकाले त्यसलाई जोगाएर सशक्त ढंगले बढ्नुपर्ने बताए । मुलुकमा संविधान र संसदीय मूल्य मान्यतालाई स्थापित गराउँदै विकास र समृद्धि हासिल गर्न काँग्रेसको नेतृत्व अनिवार्य भएको बताए ।

देशमा लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि चौतर्फी हमला जारी रहेको अवस्थामा काँग्रेसमाथि ठूलो जिम्मेवारी आएको बताए । मुलुकमा दीगो शान्ति र समृद्धि नेपाली काँग्रेसले मात्र गर्न सक्छ भन्ने निष्कर्षका लागि आफूहरु प्रवेश गरेको र त्यो सही सावित हुँदै गएको बताए ।-Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्