मकवानपुर, २५ मङ्सिर: बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । साथै सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ ।-रासस/File Photo