Logo

‘ए’ डिभिजन लिगः सातदोबाटो र न्यारोड तथा मछिन्द्र र हिमालयन शर्पा खेल्दै



काठमाडौं, २५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

७ अंकका साथ तेस्रो स्थानमा रहेको सातदोबाटो आज तेस्रो जितको खोजीमा हुनेछ ।

यस्तै, तालिकाको पुछारमा रहेको एनआरटी आज पहिलो जितको खोजिमा रहने छ ।

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल अपराह्न ४ः४५ बजे सुरु हुनेछ ।

२ अंक जोड्दै १० औं स्थानमा रहेको हिमालयन शेर्पा आज पहिलो जित निकाल्न चाहन्छ ।

यस्तै, ७ अंक जोड्दै चौंथो स्थानमा रहेको मछिन्द्र आज जित निकाल्दै तालिकामा माथी उक्लिन चाहन्छ ।

 



प्रतिक्रिया दिनुहोस्