Logo

संक्रमण थप फैलिन नदिन मुम्बईमा धारा १४४ लागू



एजेन्सी, २५ मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का १७ संक्रमित देखिएसँगै भारतको मुम्बईमा आज र भोलिका लागि धारा १४४ लागू गरिएको छ । संक्रमण थप फैलिन नदिन मुम्बईमा र्‍याली, मोर्चा, जुलुस या सवारी साधनको जुलुसलाई प्रतिबन्ध लगाइएको हो । भारतका अन्य सबै राज्यमा भन्दा बढी ओमिक्रोन भेरियन्टका संक्रमित महाराष्ट्रामा देखिएका हुन् ।

मुम्बबईका डिप्युटी किमशनरद्वारा जारी गरिएको ४८ घण्टे नियम हो । उक्त धारा आज र भाली दुईदिन सम्म हुने जनाइएको छ । यसको उल्लंघन गर्नेहरुलाई धारा १८८ अन्तर्गत कारबाही गरिनेसमेत जनाइएको छ । डिप्युटी किमशनरको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, मानवीय खतरालाई न्युनीकरण गर्न उक्त धारा लागु गरिएको छ । नयाँ भेरियन्टको त्रास र फैलाव अत्याधिक देखिएको कारण हामी उक्त धारालाई लागु गर्ने निर्णयमा पुग्यौँ ।’

यद्यपि, अन्य दुई कारणले धारा १४४ लागु गरिएको जनाइएको छ । पहिलो पार्टी प्रमुख असदुद्दीन ओवैसीसमेत सहभागी हुने गरी अखिल भारतीय मजलिस ए इत्तेहादुल मुस्लिमीनपार्टीले आयोजना गरेको जुलुसलाई लिएर धारा १४४ लागु गरिएको हो । यो जुलुसमा सहभागी हुन विभिन्न ठाउँबाट कार्यकर्ता आउने बताइएको छ । यद्यपि, धारा १४४ लागु भएपछि पनि पार्टीले जुलुस निकाल्ने तयारी गरिरहेको जनाइएको छ ।

यस्तै अर्काे सञ्जय राउतको बयानबिरूद्ध भाजपाले नियोजित विरोध प्रदर्शन गर्ने तयारीलाई लिएर हुनसक्ने बताइएको छ । भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३० नाघेको छ । यसबीच मुम्बईले थप संक्रमण रोक्न यस्तो कदम चालेको बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्