Logo

शशांकको समर्थन शेखरलाई, महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजालको नाम तय



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफूले सभापतिका उममेद्धवार डा. शेखर कोइरालालाई सहयोग गर्ने भएका छन् । उनले यसपटक आफू पदाधिकारीमा नउठ्ने पनि निर्णय गरेका छन् ।

संस्थापनईतर समूहबाट सभापतिमा शेखर उठ्ने भएका छन् । उनको समूहबाट महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजाल उठ्ने भएका छन् । त्यस्तै, उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरूङ उठ्ने भएका छन्।

शशांक भने खुल्ला केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । शेखरको टिमले अहिले केहीबेरमा बाल्मिकी क्याम्पसबाट जुलुशसहित उम्मेद्धवारी दर्ता गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्