Logo

सिटौलाको देउवा समूहमा विलय



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए । त्यतिबेला उनले प्राप्त गरेको मतले सभापतिको प्रतिष्पर्धालाई दोस्रो चरणमा पुर्याएको थियो ।

सिटौलाले त्यतिबेला शेरबहादुर देउवालाई सघाएकापछि उनकै पल्लाभारी भयो । सिटौलाले तेस्रो धारलाई १४औं महाधिवेशनको अघिसम्म टिकाउन सके । तर, उनलाई आफ्ना केही हस्तीले छाडे ।

महामन्त्रीका उम्मेदवार गगन थापाले गुट परिवर्तन गरे । त्यसपछि सिटौला आक्रोशित भए । उनले प्रदीप पौडेललाई देउवा समूहको महामन्त्रीको उम्मेदवार बनाए । सिटौला आफै सभापतिका उम्मेदवार देउवाका प्रस्तावक भए । यसरी सिटौला समूह विलय भयो ।

नेपाली काँग्रेसको राजनीतिमा १३औं देखि १४औं महाधिवेशनको बीच सिटौला समूह महत्वपूर्ण शक्ति बन्यो । तर, प्रदीप पौडेलको टिममा महामन्त्रीमा पर्ने सफलतासँगै सिटौला समूहको विलय भयो ।



प्रतिक्रिया दिनुहोस्