Logo

महामन्त्रीमा उम्मेद्धवारी दर्तापछि प्रदीप पौडेल (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । प्रदीप पौडेलले शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले आफूहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने प्रतिक्रिया दिए। सभापतिमा शेरबहादुर देउवाले उम्मेद्धवारी दर्ता गराएका छन्। देउवाको प्यालनबाट महामन्त्रीमा पौडेलसँगै डा. प्रकाशशरण महतले उम्मेद्धवारी दर्ता गराएका छन्।

त्यस्तै, उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् । संस्थापन समूहबाट आठजनाको टुंगो लागेको छ । जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot