काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका युवा नेता गोविन्द भट्टराईले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। शुक्रबारबाट सुरु भएको १४औं महाधिवशनमा कांग्रेसको जनसम्पर्क समितिका संयोजक समेत रहेका युवा नेता भट्टराईले मनोनयन दर्ताको क्रममा खुला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
नेपाल विद्यार्थी संघको पुर्व अध्यक्ष भट्टराईले मजबुद कांग्रेस, सुदृढ लोकतन्त्र न्यायपुर्ण आर्थिक विकासको लागि आफ्नो महाधिवेशनमा उक्त पदमा उम्मेदवारी रहेको बताए ।
‘राजनीतिमा स्पष्टता, राजनीतिमा पारदर्शिता, आजको आवश्यकता’ भन्ने नारासहित नेता भट्टराई चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसको केन्द्रीय कार्य समितिमा सदस्य भएर काम गर्दै आएका भट्टराईले वैचारीक कांग्रेसको निर्माणको लागि आफुलाई केन्द्रीय सदस्य पदमा मतदान गरेर विजयी गराउँन समेत प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
नेता भट्टराईसँग नेपाल तरुणदलका पुर्व महासचिव तथा नेपाल जनसम्पर्क समिति समन्वय विभाग संयोजक भई लामो समयसम्म काम गरेको लामो अनुभव छ ।