Logo

एमाले सचिव महासेठको सुझाव : बारले तत्काल आन्दोलन फिर्ता लिँदा राम्रो हुन्छ (भिडिओसहित)



काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाल बार एशोसिएशनलाई आफ्नो आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । उनले बारको आन्दोलनले गर्दा हजारौं जनताले न्याय नपाएको टिप्पणी गरे । पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेता महासेठले यस्तो बताएका हुन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको पनि बताए । उनले भने-“एउटा प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालय सुध्रिन्छ ? त्यो होइन । तपाईलाई थाहा छ–अहिलेको जुन वर्तमान सरकार हाम्रो सम्माननीय प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको छ । कुन प्रकारले बनेको छ ? त्यसमा कसरी चलखेल भएको छ । त्यो दिनप्रतिदिन भण्डाफोर भईरहेको छ । भनेपछि यो चलखेलमा सामेल एउटा प्रधानन्यायाधीशले मात्रै किन, अरु न्यायाधीशहरुले पनि राजीनामा दिनु पर्यो । महाअभियोग लगाउने हो भने पनि सबैमाथि लाग्नु पर्यो ।’

file photo

 

 



प्रतिक्रिया दिनुहोस्