Logo

महामन्त्रीका उम्मेदवार डा.प्रकाशशरण महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र



काठमाडौं, २६ मंसिर : नेपाली कांग्रेसमा महामन्त्रीका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल,सुदृढ,ब्यवस्थित गर्दै, पार्टीलाई कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् ।

कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै सबल बनाएर आमनागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्प उनले लिएका छन् ।

कांग्रेसको मार्गनिर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिँदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने उनले बताएका छन् ।

https://www.facebook.com/prakash.mahat.129142/videos/430307738774229



प्रतिक्रिया दिनुहोस्