Logo

मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिए



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनको नाम सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा राखिएको थियो ।

यसअघि विश्वकर्माले आफूले पार्टीको सहमहामन्त्रीमा उम्मेदवारी दिने भनेर रिपोर्टर्स क्लब नेपालमार्फत घोषणा गरेका थिए । आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आफ्नो कुनै मनसाय नभएकोले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot