काठमाडौं, २६ मंसिर । अधिवक्ता बसन्त बस्नेतले सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र मीरा खड्कालाई प्रधानन्यायाधीश बनाउनको लागि अहिले बारले आन्दोलन गरेको आरोप लगाएका छन् ।
उनले कार्की र खड्कालाई प्रधानन्यायाधीश बनाउन लागिपर्नेहरुलाई दलाल पृष्ठपोषकको संज्ञासमेत दिएका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–‘दिपक र मिरालाई प्रधान न्यायधिस बनाउन लागि पर्ने तिनका दलाल पृष्ठपोषकहरू, तिमिहरूले वकिलहरूलाई मुख छाड्न बन्द नगरे गंभिर परिणाम भोग्नु पर्नेछ ।’
उनले सर्वोच्च बारका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता पुर्णमान शाक्य र हरि उप्रेतीको नाम नै लिएर कार्की र खड्कालाई प्रधानन्यायाधीश बनाईदिन्छु भनेर कति करोड खानुभयो ? भनेर प्रश्नसमेत गरेका छन् । उनले लेखेका छन्-“बरिष्ठ अधिबक्ता पुर्णमान शाक्य र हरि उप्रेतिज्यु, कृपया बताई दिनुहाेस् त दिपक कार्कि र मिरा खड्कालाई प्रधान न्याययिस बनाईदिन्छु भनेर कति कराेड खानु भयाे ??”
यसअघि उनले लेखेका छन्–‘पदमा बहाल रहेका पद खाईसकेर निबृत भएका र पद पाउने आसमा रहेकाहरू सिसाको घरमा बसे सरह हुन् । सडकमा हिड्नेलाई नजिस्काउंदा हुन्छ । सहिष्णुताको ख्याल यिनले गरून् ।