Logo

युक्रेनमाथि हमला नगर्न रुसलाई बेलायतको चेतावनी



एजेन्सी, २६ मङ्सिर। बेलायती विदेशमन्त्री लिज ट्रसले यदि युक्रेनमाथि आक्रमण गरेको खण्डमा रुसले गम्भीर आर्थिक परिणाम भोग्नु पर्ने चेतावनी हिजो (शनिबार) दिएकी छिन् । साथै उनले रुसको सम्भावित आक्रमण ठूलै सामरिक गल्ती ठहर हुने पनि बताएकी छिन् ।

उनले यसै सप्ता हान्तलिभरपुलमा आयोजना हुनगइरहेको शक्तिशाली औद्योगिक राष्ट्रहरूको समूहजी–७ का विदेश मन्त्रीहरूको बैठकमा यस्तो कदम ‘सामरिक गल्ती’ हुनेबारे एक्यैवद्धता जनाउने पनि बताएकी छिन् । साथै ट्रसले बेलायत र यसका गठबन्धनले रसियालाई आक्रमण कार्यबाट रोक्नु पर्ने बताएकी छिन् । मस्कोले युक्रेनका सिमानामा धमाधम फौज थुपार्न लागेपछि अन्तर्राष्ट्रिय तनाव बढेको हो ।

तर, क्रेमलिनले भने आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसलाई यस्तो कुनै अप्रियकदम नचाल्न चेतावनी दिइसकेका छन् । युक्रेनको सिमाना रुस र युरोपेली संघ (ईयू) सँग जोडिएको छ । तर,पूर्व सोभियत गणराज्यभएकाले युक्रेनको रुससँग सामाजिक र सांस्कृतिक सम्बन्ध गहिरो रहेको छ ।

रसियाले भने उल्टै युक्रनेले निहुँ खोजिरहेको, पूर्व तर्फ उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को विस्तार भइररहेको तथा आफ्नो सीमा नजिक हातहतियार थोपर्ने कार्य भइरहेको जस्तो आरोप लगाएको छ । यसैगरी जि–७ को बैठक सम्मुख ट्रसले युक्रेनीविदेश मन्त्री दिमिट्रो कुलेवा सँग लन्डनमा भेटवार्ता गरेकी छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्