Logo

आज प्रचण्डको जन्मदिन, छोरी गंगाले दिईन् यस्तो शुभकामना



काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिन परेको छ । प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगाले सामाजिक सञ्जाल फेशबुकमार्फत बुवालाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले जन्मदिनको अवसरमा बुवालाई नेपाल र नेपाली जनताको समृद्धिसँगै क्रान्तिकारी पार्टी निर्माणको सपना छिट्टै पूरा होस भनेर शुभकामना पनि दिएकी छिन् ।

उनले लेखेकी छिन्-आज मंसिर २६ गते अर्थात् बुवाको जन्मदिन!! नेपाल र नेपाली जनताको सम्बृद्धि संगै क्रान्तिकारी पार्टी निर्माणको सपना छिट्टै पुरा होस्। जन्मदिनको अवसरमा बुवाको सुस्वास्थ्य एवं सुखद् राजनीतिक भविश्यको अनगिन्ति शुभकामना ! HAPPY BIRTHDAY BUWA?❤️???”



प्रतिक्रिया दिनुहोस्

Screenshot