Logo

ब्लु बिकिनीमा मौनीको तस्बिर भाइरल



एजेन्सी, २६ मंसिर । सानो पर्दाकी नागिन मौनी रायले यतिबेला विदाका दिनको आनन्द लिइरहेकी छिन् । बलिउडमा ग्ल्यामरसका कारण चर्चा कमाएकी मौनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

मौनीेले इन्स्टाग्राम अकाउन्टमा भर्खरै मात्र आफ्नो बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा मौनीले समुन्द्रको बिचमा ब्लु बिकिनी लगाएर बोल्ड पोज दिएको देखिन्छ । मौनीले फोटो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘लिव इ सनसाइन, स्विम द सी, ड्रिक द वाइल्ड एयर ।’

मौनी राय आजकल आफ्नो पर्सनल लाइफलाई लिएर पनि चर्चामा छिन् । उनी सन् २०२२ को जनवरीमा प्रेमी सुरज नाम्बियारसँग विवाह गर्दैछिन् । तर, मौनीको फिल्मी करियर पनि राम्रो चलिरहेको छ । उनी चाँडै नै रणवीर कपुर र आलिया भट्टसँग फिल्म ‘ब्रह्मास्त्र’ मा देखिदै छिन् । अयान मुखर्जीको फिल्ममा मौनी नकारात्मक भूमिकामा देखिनेछिन् ।



प्रतिक्रिया दिनुहोस्