Logo

तीन गुटका लोकप्रीय तीन अनुहार, कस्ले मार्ला बाजी ?



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीको प्रतिष्पर्धा रोचक बनेको छ । मैदानमा चार गुटका ६ उम्मेदवार छन् । तर, लोकप्रीय अनुहारमा तीनजना छन् ।

नेविसंघका पूर्व अध्यक्षहरु विश्वप्रकाश शर्मा र प्रदीप पौडेलका अलावा पूर्वमहामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । काँग्रेसको विधानमा महामन्त्री पद महत्वपूर्ण छ । दुई पदका लागि मुख्य प्रतिष्पर्धा ५ जनाबीच हुने देखिएको छ । जसमध्ये तीनजनामा धेरैको चासो छ ।

विश्वप्रकाश शर्मा
शर्मा लोकप्रीय नेता हुन् । काँग्रेस प्रवक्ता भइसकेका शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले अन्तिम समयमा गुट परिवर्तन गरेका थिए ।

शर्मा बहुमुखी प्रतिभाका धनी हुन् । भाषणमा निपूर्ण छन् । सांगठनिक रुपमा पनि शर्मा प्रभावशाली छन् । नेविसंघको सभापति रहिसकेका शर्मा विगतमा कोइराला परिवारनिकट थिए । विगतमा झापा जिल्ला सभापतिमा पराजित भएपछि उनी शेरबहादुर देउवासँग नजिकिए । प्रवक्ता बनाइएका उनी अन्ततः सिंहको प्यानमा पुगे ।
शर्मा पाका मतदातामाझ परिचित र युवाहरुमाझ लोकप्रीय छन् । उनले पूर्वका जिल्ला र बागमतीबाट बढी मत ल्याउने अपेक्षा गरिएको छ । मधेशबाट पनि उनले लोकप्रीय मत ल्याउने अपेक्षा गरिएको छ । तर, उनका प्रतिष्पर्धीहरु प्रदीप पौडेल र गगन थापा पनि लोकप्रीय नेता हुन् । उनीहरुभन्दा सिनियर डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल पनि मुख्य चुनौती बनेका छन् ।

प्रदीप पौडेल
नेविसंघको निर्वाचित अध्यक्ष रहिसकेका प्रदीप पौडेल लोकप्रीय नेता हुन् । युवा मतदातामा उनी निकै परिचित छन् । काँग्रेसभित्र बलियो सांगठनिक पकड बनाएका पौडेलको क्षमताकै कारण कृष्णप्रसाद सिटौलाले साथ दिइरहे । सिटौला प्यानल देउवासँग मिल्दा पौडेलले ठूलो फाइदा लिन सके । उनी देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार बन्न सके ।

पौडेल नेविसंघको अध्यक्ष हुँदा बनाएको संगठन नै मुख्य शक्ति देखिएको छ । उनको कार्यकालमा विद्यार्थीको विभिन्न जिम्मेवारीमा रहेकाहरु ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि बनेर आएका छन् । अर्कोतर्फ, पौडेललाई देउवाबाहेकको प्यानलबाट पनि मत आउने सम्भावना छ । पौडेललाई देउवा समूहले कति स्वीकार्ने हुन् परीक्षण हुँदैछ ।
गगन थापा
लोकप्रीय नेता गगन थापा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका छन् । तर, बितेको ६ महिनामा उनले तीन गुट परिवर्तन गरिसकेका छन् ।

सिटौला समूह छाडेर प्रकाशमान सिंहसँग नजिकिएका उनी अन्ततः शेखर कोइरालाको समूहमा पुगे । उनले गुटको मतमात्र नभई अन्य मत पनि आकर्षित गर्न सक्ने आँकलन गरिएको छ । तर, उनका प्रतिष्पर्धी विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उत्तिकै मजबुत भएकाले सजिलो छैन ।

थापालाई देउवा समूहको मत कति क्रस हुन्छ भन्नेले जीत या हार निर्धारण गर्दछ । काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको बढी मत प्रकाशमानसँग रहेको र त्यो मत गगन थापाले तान्न सकेमा बाजी मार्नसक्छन् । तर, सिंह समूह छाडेकाले चुनौती बढेको छ ।

१३औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थापा त्यतिबेला निकै लोकप्रीय थिए । उनको लोकप्रीयता विगतमा भन्दा केही खस्किएको बुझ्न सकिन्छ । यसपटक लोकप्रीयताका आधारमा मत लिने विश्वप्रकाश र प्रदीप पनि भएकाले गगनलाई ठूलो चुनौती छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot