Logo

स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेद्धवारी दिएका महेश आचार्यको अपिल : गुट रोज्ने कि विचार ?



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा उम्मेदवारी दर्ता गराएका उनले महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।

‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ’, उनले प्रतिनिधिलाई भनेका छन् । दुई सदस्य रहेको उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्