Logo

दुर्गा प्रसालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने ओलीको प्रस्ताव



काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै एमाले प्रवेश गरेका व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले प्रसाईलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने प्रस्ताव गरेका हुन् ।

चितवनमा हालै सम्पन्न पार्टीको १०औं महाधिवेशनमा प्रसाईले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका थिए । तर, अध्यक्ष ओलीले सर्वसम्मत् रुपमा केन्द्रीय कमिटी चयन गर्ने भनेर नाम सार्वजनिक गरेका थिए । त्यसमा उनको नाम परेको थिएन । अध्यक्ष ओलीले आज प्रसाईसँगै विशाल भट्टराई, रमेश पौडेल र ऐन महरलगायतको नाम केन्द्रीय सदस्यमा मनोनित गर्ने भनेर प्रस्ताव गरेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्