Logo

मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना पक्राउ



काठमाडौं,२६ मंसिर । अवैध रुपमा ल्याएको सुन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९ सय ५ ग्राम अर्धठोस सुन सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजानेक्रममा उनको मलद्वारबाट कालो रङको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा उक्त सुन फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिमको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot