Logo

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थापा पक्राउ



काठमाडौं, २६ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ ठेगाना भएका ४१ वर्षीय राजु थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०५७ असार २३ गतेको फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले ललितपुर झम्सीखेलबाट पक्राउ गरेको जनाएको छ ।

८ वर्षीया बालिकालाई तत्काल २० वर्षीय थापाले २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी करणी गर्न नदिएमा मारिदिने र दिएमा १० रुपैयाँ दिने भनि जवरजस्ती करणी गरेको मुद्दामा उनीमाथि अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot