Logo

वासना थापा शेखर–गगनको टिमबाट केन्द्रीय सदस्यको उम्मेद्धवार, यस्तो छ थापाको नारा



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा चर्चित युवा नेतृ वासना थापाले खुला (महिला) बाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएकी छिन् । उनी शेखर कोइराला र गगन थापाको टिमबाट चुनावी प्रतिष्पर्धामा उत्रिएकी छिन् । थापा पार्टीभित्र अत्यन्तै लोकप्रिय नेतृको रुपमा परिचित छन् । उनले यसपटक ‘मेरो राजनीतिक संस्कार, लोकतान्त्रिक विधि र अनुशासित व्यवहार’ भन्ने मूल नारा अघि सारेकी छिन् ।

दैलेखको नारायण नगरपालिकाको उपमेयरमा उनले प्रतिष्पर्धा गरेकी थिईन् । तर, झिनो मतले उपमेयरमा पराजित भएपनि थापाले जनताको सरोकारका विषयमा भने जहिल्यैपनि आफूलाई सक्रिय बनाएकी थिईन् । उनी १३औं महाधिवेशनमा पनि प्रतिनिधि थिईन् । अहिलेपनि महाधिवेशन प्रतिनिधि भएर आएकी छिन् । कर्णाली प्रदेशमा कांग्रेसको संगठन सुदृढ बनाउनको लागि थापाले उल्लेखनीय भूमिका खेलेकी छिन् । त्यस्तै, महिला अधिकार र सशक्तिकरणको लागि पनि उनले ठूलो योगदान पुर्याएकी छिन् ।

केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएर प्रचारप्रसारमा ज्ुटेकी थापाले आफूलाई विजयी बनाउनको लागि अपिल गरेकी छिन् । यसअघि उनले महाधिवेशन प्रतिनिधिमा विजयी गराउनेहरुलाई पनि धन्यवाद दिएकी छिन््–‘सर्बाधिक लोकप्रिय मत दिएर केन्द्रिय महाधिबेसनमा बिजयी गराउनु भएकोमा सम्पुर्ण प्रतिनिधि साथिहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग समर्थन गर्नुहुने सबै मित्र लाइ हार्दिक धन्यबाद अर्पण गर्दछु। जय नेपाल ।’

 

 



प्रतिक्रिया दिनुहोस्