Logo

पार्टीलाई बलियो बनाउँछु: डा. प्रकाशशरण महत



काठमाडौँ, २६ मङ्सिर। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका हुन् ।

उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । उनलेले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेका पनि बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्