Logo

मणिपाल अस्पताल पोखरामा डाक्टरलाई ठगी गर्ने पक्राउ



पोखरा, २६ मंसिर । पोखराको मणिपाल अस्पतालमा डाक्टरलाई ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालमा साझेदारी मिलाइदिने भन्दै डाक्टरबाट ५० लाख ठगी गर्ने शिवम विरुमुथु पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

विरुमुथुले रेडक्रसको अन्तरराष्ट्रिय कमिटिको निर्देशक भएको भन्दै अस्पतालमा साझेदारी (पार्टनरसिप) मिलाइदिने भन्दै सो रकम ठगी गरेका थिए । उनले अर्का एक व्यक्तिलाई पनि मलेसियन योङ निर्देशक बनाइदिने भन्दै ३९ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

भारत घर भएका विरुमुथुले मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौताका लागि मस्यौदा समेत तयार भएको भनेर नक्कली कागजात बनाएर धेरै व्यक्तिहरुलाई ठगेको थिए ।



प्रतिक्रिया दिनुहोस्