काठमाडौं, २६ मंसिर । शेयर बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । साताको कारोबारो पहिलो दिन आइतबार (आज) नेप्से ८८ दशमलव ७० अंकले घटेर २३ सय ६१ दशमलव २७ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १५ दशमलव १५ अंकले घटेर ४५० दशमलव ०८ विन्दुमा थामिएको छ ।
नेप्सेमा आज कारोबार रकममा पनि गिरावट आएको छ । २ सय २८ कम्पनीको ५१ हजार ८ सय ४४ पटक कारोबार भएर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँ बराबरको ७४ लाख ६० हजार ८ सय ७४ कित्ता खरिद विक्रि भएको हो । १३ उपसमुह मध्ये सबै समुहको नेप्से सुचक आइतबार राताम्मै छन् ।