Logo

पुस ४ गतेबाट बालबालिका तथा गर्भवति महिलालाई मोडर्ना खोप लगाँइदै



काठमाडौं, २६ मंसिर । कोरोना भाइरसविरुद्धको १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई पुस ४ गतेदेखि यो खोप लगाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गतको यो खोप गर्भवति महिलाहरुले पनि लगाउन सक्नेछन् ।

यो खोप देशभरका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन हुने विभागको भनाई छ । हिमाली भेगमा १ सय जना भन्दा बढी विद्यार्थी भएका विद्यालय र अन्य जिल्लामा २ सय भन्दा बढी भएका विद्यालयमा खोप केन्द्र तोक्ने तयारी गरेको विभागले जनाएको छ ।

यसअघि फाइजर खोप संचालन भएका बाहेकका जिल्लाहरुमा मोर्डना खोप अभियान संचालन हुने भएका छन् । सरकारले तीन महिना पुरा भएका गर्भवति महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पनि अनुरोध गरेको छ । यसको साथै नेपालमा खोप अभाव नभएको भन्दै सरकारले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्