Logo

प्रचण्डको भाषणको भोलीपल्ट सेयर बजारमा पहिरो, के भनेको थिए प्रचण्डले ? (भिडियोसहित)



काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूँजी बजारलाई साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् ।

हिजो (शनिवार) माओवादी केन्द्रका सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका हुन्।

उनले विश्वभर नै पूँजीको लगानी धितोपत्र, सट्टा बजार, विश्वबैंक, आईएमएफ र एसियाली बैकहरुमा हुने गरेको बताउदै यसरी विश्वको पैसा सिमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको राख्ने प्रणाली पूँजीबजार रहेको उल्लेख गरे ।

यस्तै, उनले पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना रहेको जानकारी दिएका थिए ।

उनले पुँजी बजारको विपक्षमा भाषण गरेको भोलीपल्ट नेपालको सेयरबजारमा पहिरो आएको छ ।

साताको कारोबारको पहिलो दिन आज नेप्से ८८.७० अंकले घटेर २३६१.२७ को विन्दुमा बन्द भएको हो ।

आज बजार घट्नुमा प्रचण्डनै मुख्य कारक रहेको सेयर बजार वृतमा चर्चा चलेको छ ।

प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले के भने ?



प्रतिक्रिया दिनुहोस्

Screenshot