काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले मुख खोल्ने भएका छन् । सभापतिमा कस्लाई समर्थन गर्ने स्पष्ट नपारेका सशांकले आज मुख खोल्ने भएका हुन् ।
सशांकले सभापतिमा डा. शेखर कोइरालालाई समर्थन गर्ने भएका हुन् । कोइराला परिवारका सदस्य शेखर कोइराला सशांकका दाजु हुन् । उनीहरुका पिता दाजुभाई हुन् ।
कोइराला परिवारकी सुजाता कोइराला भने फरक कित्तामा छिन् । उनी प्रकाशमान सिंहको प्यानलमा उपसभापति छिन् । कोइराला परिवार फरक कित्तामा उभिएपछि राजनीतिक वृत्तमा तरंग आएको छ ।