काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारको नाममा नक्कली एकाउन्ट खोली सभापति शेरबहादुर देउवाको चर्को विरोध गरिएको छ ।
गच्छेदारको नाममा खोलिएको एकाउन्टले देउवालाई भोट दिनेहरु गुलामीबाट परवार पाल्न वाध्य हुनेहरु भनेका छन् ।
गच्छेदार देउवाको प्यानलबाट उपसभापतिको उम्मेदवार छन् । उनको एकाउन्टबाट देउवाको चर्को विरोध भएपछि भ्रम फैलिएको छ ।
ट्वीटरमा लेखिएको छः ४५ वर्षको उमेरमा गृहमन्त्री ४९ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री र ७५ वर्षको उमेरमा पाँचौ पटक प्रधानमन्त्री भएर पनि देशको लागि केही गर्न नसक्ने शेर बहादुर देउवालाई यो महाधिवेशनमा फेरि भोट दिनेहरु कि त गुलामीबाट परिवार पाल्न बध्य हुन कि त मानसिक अवस्था ठिक नभएकाहरु हुन !