Logo

यस्तो छ प्रकाशमानको ४१ वर्षको राजनीतिक यात्रा



काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहका पुत्र हुन् । उनको परिचय गणेशमान सिंहको पुत्रका रुपमा मात्र छैन । उनी काँग्रेस सभापतिका उम्मेदवार बनेका छन् ।

सिंह नेविसंघबाट राजनीतिमा आएका हुन् । २०३६ मा नेविसंघ काठमाडौं जिल्ला सभापति थिए । २०४२ मा सत्याग्रह तयारी समिति, काठमाडौंका संयोजक भए । २०४५ मा नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति बने ।

२०४६ मा काठमाडौंमा जनआन्दोलन उठाउनेमा उनको महत्वपूर्ण भूमिका रह्यो । सिंह त्यतिबेला जनआन्दोलन २०४६ काठमाडौंका संयोजक थिए ।

काँग्रेसको आठौं महाधिवेशनबाट २०४८ मा काठमाडौं जिल्ला कार्यसमितिको सभापति निर्वाचित भए । २०५७ मा भएको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य बने । २०६२ सालमा भएको ११औं महाधिवेशनमा उपसभापति बने ।

२०६७ सालमा भएको काँग्रेसको १२औं महाधिवेशनमा पहिलो निर्वाचित महामन्त्री बने । २०७० सालमा उपप्रधानमन्त्री, २०७२ मा निर्वाचित केन्द्रीय सदस्य भए । २०७४ मा काँग्रेस संसदीय दलको नेताको प्रतिष्पर्धामा शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसपछि उनी निरन्तर देउवाका मुख्य चुनौती बन्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्