काठमाडौं, २६ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर सरसफाईमा जुटेका चलचित्रकर्मी, कलाकाहरु र समाजसेवी तथा उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । राजलवटले पशुपतिनाथ मन्दिरमा पुगेर अभियन्ताहरुलाई गुर्जोको चिया सेवा गराएका हुन् ।
उनकाअनुसार पशुपतिनाथ मन्दिर सरसफाईमा प्रमुख आकर्षक एवम् प्रमुख अतिथि प्रेमराजा महतसहित चलचित्रकर्मीहरू, सामाजसेवीहरू सबैलाई गुर्जाे चिया सेवन गराई सरसफाई सुरू गरेका थिए । प्रेमराजा महत तथा उपस्थित सबै चियाको स्वादले अति प्रशशिंत भएको उनले जनाएका छन् ।
उक्त कार्यक्रममा राजलवटका दाई रमेशबहादुर राजलवट गुर्जाे चिया सेवा गर्न पाउँदा अति उत्साही देखिएका थिए । त्यसैगरी तीनकुनेस्थित् विश्व शान्ति बिहारमा आयोजना भएको बुद्व उपदेशसम्बन्धी बृहत् कार्यक्रममा उपस्थित सबैले गुर्जाेचिया सेवन गरेका छन । त्यस्तै, उनले बाग्मति सरसफाई, टिकाथली योग साधना केन्द्रमा पनि गुर्जाे चिया सेवन गराएका थिए । सबै ठाउँमा गुर्जाे चिया सेवनकर्ताले गुर्जाेको बारेमा थप बुझ्ने अवसर पाउनुका साथै चिया प्याकेटको माग बढेको पनि राजलवटले जनाए ।