Logo

मलाई सबै साथीहरुले अत्यधिक बहुमतले विजयी गराउनुहुन्छ भन्नेमा विश्वस्त छु : विनोद चौधरी (भिडिओसहित)



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद विनोद चौधरीले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मतले विजयी गराउने बताएका छन् । अहिले राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीलाई गरिखाने बनाउनको लागि आफूहरुले पनि अभियान चलाएको सुनाए । उनले गरिखाने भनेको एउटा अभियान र दृष्टिकोण भएको बताए । उनले राजनीतिलाई कसैले पनि पेशा बनाउन नहुने बरु समाजसेवाको रुपमा बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्