Logo

सशांकको दायाँ बायाँ प्रकाशमान र विश्वप्रकाश



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मतदान हुन ढिलो हुँदा नेताहरु मतदातासँग भेट्न हिंडिरहेका देखिन्थे । बेला बेलामा प्रभावशाली नेताहरुबीच पनि भलाकुसारी भएको देखिन्थ्यो ।

सभापतिका उम्मेदवार प्रकाशमान सिंहले तटस्थ रहेका डा. सशांक कोइराला र महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मासँग जम्काभेट भयो । तीनजना सँगै उभिएर तस्बिर खिचे । सशांक बीचमा उभिदा प्रकाशमान दायाँ र विश्वप्रकाश बायाँ उभिएका थिए ।



प्रतिक्रिया दिनुहोस्